बाँकेमा आज पनि ठूलो संख्यामा कोभिड संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा आज पनि ठूलो संख्यामा कोरोनाका नयाँ बिरामी थपिएका छ्न ।
जिल्लाका  तीनवटा प्रयोगशालामा एक हजार एक सय सात नमुना परिक्षण गर्दा ८ सय ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा भेरी अस्पतालको पीसीआर ल्याबमा ४ सय २२ नमुना परिक्षण गर्दा ३ सय ५३ जना, कोहलपुर शिक्षण अस्पतालको ल्याबमा ४ सय ३१ नमुना परिक्षण गर्दा ३ सय ३० र बागेश्वरी ल्याबमा २ सय ५४ नमुना परिक्षण गर्दा १ सय ६० जना गरि कुल ८ सय ४३ संक्रमीत थपिएका हुन ।
यो संगै बाँकेमा संक्रमीत संख्या १३ हजार ५ सय ४४ पुगेको छ।
आज बाँकेमा ४ सय ६८ जना डिस्चार्ज भएका छ्न ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech