काठमाडौं — सरकारले स्वास्थ्य सेवा सुधारका लागि बिरामीको उपचार प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने योजना अघि सारेको छ।
यस अन्तर्गत बिरामीको उपचार इतिहास, रेफरल, पुनःसेवा (Follow-Up) तथा क्लिनिकल निगरानीलाई व्यवस्थित गर्ने प्रणाली स्थापना गरिनेछ । बिरामीको अभिलेख प्रणाली (Patient Record System) लाई दिगो, एकीकृत र अन्तरसम्बद्ध स्वास्थ्य सूचना प्रणालीको रूपमा विकास गरिने लक्ष्य राखिएको छ।
अनावश्यक अस्पताल रेफरल रोक्न स्पष्ट Referral Protocol लागू गरिने सरकारको योजना छ । यसले बिरामीलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।
यो योजना शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्रका प्राथमिकतामध्ये समावेश गरिएको हो । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।







