काठमाडौं — बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले स्वास्थ्य पहुँच सुधारलाई प्राथमिकता दिँदै विपन्न, असहाय र वेवारिसे बिरामीका लागि सरकारी तथा निजी अस्पतालमा कुल शैया मध्य कम्तीमा १० प्रतिशत शैया निःशुल्क अनिवार्य गर्ने निर्णय गरेको छ ।
यसका लागि सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण र सेवा उपयोगको रियल टाइम अनुगमन गर्न “Free Health Portal” विकास गरिनेछ र ३० दिनभित्र देशभर लागू गरिने योजना अघि सारिएको छ ।
यो विषय शासकीय सुधारका लागि सार्वजनिक १०० बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रका प्राथमिकतामध्ये समावेश गरिएको हो । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।







