नेपालगन्जः विश्व मिर्गौला दिवसको अवसरमा नेपालगन्जमा आज प्रभातफेरी गरिएको छ । शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजनामा प्रभातफेरी गरिएको हो ।
प्रभातफेरीमा नेफ्रोलोजिष्ट डा.सौरभसिंह हमालसहितका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । त्यसक्रममा डा.हमालले मिर्गौला स्वास्थ्यबारे सहभागिहरुलाई जानकारी पनि गराएका थिए ।
प्रभातफेरीमा सहभागि नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज ओलीका अनुसार नसर्ने रोगको बढ्दो प्रभाव न्यूनीकरणका लागि पनि दिवसहरुमा यस्ता कार्यक्रम गर्न जरुरी छन् ।







