स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्री कार्कीद्धारा सरोकारवालासँगको बैठक आव्हान

    • स्वास्थ्य पेज

  • २१ माघ २०८२, बुधबार

काठमाडौंः स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेकी छन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रकम अभावमा सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन सकेका छैनन् । नेपालका ठूला अस्पतालहरुले सूचना नै निकालेर बीमा सेवा दिन नसक्ने जनाएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा दिन नसक्ने भन्दै सूचना जारी गरेको थियो ।

यस्तो समस्या अन्य अस्पतालहरुमा पनि देखिएपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गरेर एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ ।

त्यसपछि मात्रै अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारको सुविधा लागु हुनेछ । उक्त व्यवस्था १ फागुनदेखि कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।

  • २१ माघ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech