बिरामी लिएर नेपालगन्ज जाँदै गरेको हेलिकप्टर सल्यानमा अवतरण

    • स्वास्थ्य पेज

  • १६ माघ २०८२, शुक्रबार

सल्यान : जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सल्यानको कालीमाटी गाउँपालिका ७ घुइयाबारीमा अवतरण भएको छ ।

जुम्लाबाट हृदयघातका बिरामी लिएर सुर्खेत हुँदै आएको मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर शुक्रबार दिउँसो पाैने २ बजेतिर घुइयाबारीमा अवतरण भएको हो ।

नेपालगन्जमा मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि घुइयाबारीमा अवतरण भएको कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए ।

नेपालगन्ज हुँदै हृदयघातका बिरामीलाई काठमाडौं लैजानुपर्नेमा घुइयाबारीमा अवतरण गरेपछि बिरामीलाई एम्बुलेन्स बोलाएर पठाउने तयारी भएको हेलिकप्टर पाइलटलाई उद्धृत गर्दै वडाध्यक्ष मित्रलाल रिजालले बताए।

  • १६ माघ २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech