स्वास्थ्य बीमा दिगो बनाउन बोर्डको अपिल: दुरुपयोग र अनावश्यक परीक्षण रोक्न आग्रह

    • स्वास्थ्य पेज

  • १३ माघ २०८२, मंगलवार

काठमाडौं: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन सेवाग्राही तथा सेवा प्रदायक सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ। ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देशसहित बोर्डले अनावश्यक परीक्षण र बीमाको दुरुपयोग रोक्न सार्वजनिक अपिल गरेको हो ।

बोर्डका अनुसार हाल स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले सेवा लिइरहेका छन् भने औसतमा दैनिक ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्चको जोखिमबाट नागरिकहरू जोगिँदै आएका छन् । सीमित स्रोतसाधनका बीच कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैको सहकार्य अनिवार्य रहेको बोर्डको भनाइ छ ।

यसै सन्दर्भमा बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक जाँच तथा परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न आग्रह गरेको छ । साथै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।

बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि र परिपत्रहरूको कार्यान्वयन गर्न सेवा प्रदायक संस्थालाई आग्रह गरिएको छ । स्वास्थ्य बीमा सेवा लिनुपर्दा असहज भएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थालाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेको बोर्डले  जनाएको छ ।

हेर्नुहोस् बोर्डको सार्वजनिक अपिल

  • १३ माघ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech