कोहलपुर: कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पतालले अब नेपाल प्रेस युनियनका सदस्य तथा उनीहरूका परिवारलाई विभिन्न स्वास्थ्य सेवामा छुट दिने भएको छ। यस सम्बन्धमा अस्पताल र युनियन लुम्बिनी प्रदेशबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रयोगशाला, भिडियो एक्स–रे , एक्स–रे, ईसीजी, डेन्टल विभाग लगायत सेवामा २५ प्रतिशत, अपरेसन चार्जमा २० प्रतिशत र बेड चार्ज (क्याबिन बाहेक) मा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । छुट सुविधा लिनका लागि युनियनको परिचयपत्र वा सिफारिस पत्र अनिवार्य छ ।
सम्झौतामा अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र बहादुर महतो र युनियनको तर्फबाट वरिष्ठ उपाध्यक्ष जय सिंह केसीले हस्ताक्षर गरेका छन् । यसले पत्रकार र उनका परिवारलाई सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








