माईनस ८ डिग्रीको कठोर चिसोमा, राति ११ बजे बाटोमै सुत्केरी भएकी महिलाको उद्धार

    • स्वास्थ्य पेज

  • २६ पुष २०८२, शनिबार

नेपालगन्जः हुम्लाको सिमकोटमा माईनस ८ डिग्रीको कठोर चिसोमा, शुक्रबार राति ११ बजे बाटोमै सुत्केरी भएकी २२ वर्षीया शुसिला परियारलाई उद्धार गरि अस्पताल पुर्याईएको छ ।

खार्पुनाथ–४, छिप्रा घर भएकी शुसिला, सिमकोट–६, लादेबाडा माईती घरमा बस्दै आएकी थिइन् । शुक्रबार राति अचानक सुत्केरी बेथा लागेपछि अस्पताल जाने क्रममा माथिल्लो बजार, पद्मा फर्निचर नजिकै बाटोमै उनी सुत्केरी भएकी हुन् ।

रेडियो कैलाश, स्नोल्याण्ड एकीकृत विकास केन्द्र र वानहट वल्डवाइडका कर्मचारीहरूको सहयोगमा उनलाई तत्कालै काली चोक पुर्याएर जिल्ला अस्पतालको एम्बुलेन्समार्फत सुरक्षित अस्पतालसम्म पुर्‍याएको संचारकर्मी ओबराज शाहीले बताए ।

बाटोमै जन्मिँदा आमा–छोराको जीवन जोखिममा थियो, तर समयमै उद्धार गर्दा दुबै सुरक्षित छन् । सफल उद्धारपछि आमा–छोरा दुवै सुरक्षित रहेको चिकित्सकको भनाइ छ ।

  • २६ पुष २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech