डा.यशोदा रिजाललाई निलम्बन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय

    • स्वास्थ्य पेज

  • २५ पुष २०८२, शुक्रबार

नेपालगन्जः नेपाल मेडिकल काउन्सिलले डा.यशोदा रिजाललाई निलम्बन गर्ने निर्णय गरेको छ । त्यसैगरी अर्का एक चिकित्सकलाई चेतावनी दिने र एकजनामाथि छानविन गर्ने निर्णय पनि गरेको छ।

काउन्सिलका रजिष्ट्रार डा. सतिस देवले अहिले नै निर्णय सार्वजानिक गर्न नमिल्ने बताए । औपचारिक निर्णय भने ७२ घन्टापछि मात्रै सार्वजनिक हुनेछ।

डा रिजालले पुनरावेदन गरिसकेको भएकाले हाललाई २ महिना निलम्बन र पछि अदालतको फैसला आए त्योअनुसार निर्णय गर्नेगरी माइन्युट लेख्न फुलहाउसले म्यान्डेट दिएको हो। अदालतबाट झुटा प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी डा. रिजालमाथि कारबाही गर्न काउन्सिलले लामो समय ढिलाइ गरेको आरोप पीडितको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले २०८२ असार २३ मा फैसला गर्दै डा. यसोदा रिजाल र उनका बुबा दिवाकर रिजाललाई जनही एक महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलामा डा. रिजालले अदालतलाई प्रभाव पार्ने उद्देश्यले झुटा चिकित्सकीय प्रमाण तयार गरेको ठहर गरिएको छ।

  • २५ पुष २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech