यस वर्ष योग दिवसका कार्यक्रम सप्ताहव्यापी हुने

    • स्वास्थ्य पेज

  • २२ पुष २०८२, मंगलवार

काठमाडौंः यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ मनाइने भएको छ। नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा अनुसार यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको मूल समारोह उपसमितिको बैठकले योग दिवसलाई साताव्यापी रूपमा मनाउने निर्णय गरेको छ। यस अवधिमा योगको महत्व र आवश्यकताका बारेमा प्राथमिकताका साथ प्रचारप्रसार गरिनेछ। ऋषि महर्षिहरूको तपोवन र योग साधनाको उद्गम स्थल मानिएको नेपालमा योगलाई जनस्तरसम्म पुर्‍याउन सरकारले विशेष पहल गरेको हो।

दैनिक योगाभ्यासले मानिसलाई अनुशासित र नैतिकवान् बनाउनुका साथै शरीरलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो राख्न मद्दत पुग्ने विश्वास गरिन्छ।

  • २२ पुष २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech