काठमाडौंः नेपाल चिकित्सक संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदको उम्मेदवारी दिएसँगै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन्।
डा.रिजालले पेशागत मर्यादा र निष्पक्षता कायम राख्ने उद्देश्यले मेसु पदबाट राजीनामा दिएको बताएका छन्।
संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने ठहरसहित उनले राजीनामा बुझाएका हुन्।






