नेपालगन्जः नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। प्रमुख निर्वाचन अधिकृत डा प्रणय रत्न शाक्यका अनुसार संघको निर्वाचन समितिका अनुसार बुधवार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात प्रथम नामावली सार्वजनिक गरिएको हो। निर्वाचन तालिका अनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुँदैछ।
निर्वाचन समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार उम्मेदवारहरूको मनोनयन उपर दाबी–विरोध गर्न चाहनेले मिति २०८२/०९/०४, शुक्रवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित भई निवेदन दिन सक्ने जनाएको छ। साथै सोही अवधिभित्र निर्वाचन समितिको इमेल nmaelection2082@gmail.com मार्फत समेत दाबी–विरोध पेश गर्न सकिने व्यवस्था गरिएको छ।










