नयाँ दिल्लीमा नेपाल–भारत स्वास्थ्य मन्त्रीबीच महत्वपूर्ण भेट

    • स्वास्थ्य पेज

  • ३ पुष २०८२, बिहीबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र भारतका स्वास्थ्य मन्त्री जे.पी. नड्डाबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्लीमा जारी दोस्रो विश्व स्वास्थ्य संगठन (WHO) को परम्परागत चिकित्सा सम्बन्धी विश्व शिखर सम्मेलनमा सहभागी हुने क्रममा उनीहरूबीच उक्त भेटवार्ता भएको हो ।

भेटवार्तामा स्वास्थ्य पूर्वाधारको विकास, डिजिटल स्वास्थ्य प्रणालीको विस्तार तथा अत्यावश्यक औषधिको आपूर्तिलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

यस भेटवार्ता तथा छलफलले नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्य अझ सुदृढ हुँदै जाने र दुवै देशका नागरिकको स्वास्थ्य हितमा संयुक्त रूपमा काम गर्ने विश्वास लिइएको छ ।

  • ३ पुष २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech