स्वास्थ्य मन्त्री डा.गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण

    • स्वास्थ्य पेज

  • २ पुष २०८२, बुधबार

नयाँ दिल्ली : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले इण्डियन फर्माकोपिया कमिसनको भ्रमण गरेकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिस्नल मेडिसिनमामा सहभागी हुने क्रममा मन्त्री गौतमले गाजियाबादस्थित इण्डियन फर्माकोपिया कमिसनको भ्रमण गरेकी हुन् ।

स्वास्थ्य मन्त्री डा गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण

भ्रमणका क्रममा मन्त्री गौतमले कमिसनको अत्याधुनिक प्रयोगशालाहरूको निरीक्षण गर्नुका साथै भारतको औषधि नियमन प्रणाली, गुणस्तर सुनिश्चित गर्ने संरचना र कार्यविधिका विषयमा भारत सरकारका सम्बन्धित पदाधिकारीहरूसँग विस्तृत छलफल गरेकी छिन् ।

सो अवसरमा मन्त्री गौतमले नेपालको औषधि व्यवस्था विभाग लाई डब्लुएचओले तोकेको परिपक्वता तह–३ (एमएल–३) को अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्ने लक्ष्यबारे धारणा राखेको बताईएको छ । यसका लागि नेपालको राष्ट्रिय औषधि प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक राष्ट्रिय औषधि प्रयोगशालाका रूपमा विकास गर्न आवश्यक प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा संरचनागत सुधारका सम्भावित क्षेत्रहरू पहिचान गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ ।

उक्त भ्रमणले नेपाल र भारतबीच औषधि नियमन, गुणस्तर नियन्त्रण तथा प्रयोगशाला प्रविधिको क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

  • २ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech