काठमाडौं: नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा.बद्री रिजाल नेतृत्वको समूहले आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
अध्यक्षमा डा.बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा.सञ्जीव तिवारी, प्रदेश संयोजक एवं उपाध्यक्ष पदमा कोशी प्रदेशबाट डा.रोशन खड्का, मधेश प्रदेशबाट डा.अमित रञ्जन मिश्र, बागमती प्रदेशबाट डा.सुबास भट्टराई, लुम्बिनी प्रदेशबाट नन्दा गुरूङ, गण्डकी प्रदेशबाट डा.नवराज लम्डारी, कर्णाली प्रदेशबाट डा.सुशील र सुदूरपश्चिम प्रदेशबाट डा.प्रमोद जोशी रहेका छन् ।
त्यस्तै महासचिवमा डा.विश्वराज दवाडी, कोषाध्यक्षमा डा.संयुक्त आचार्य, सहसचिवमा डा.हुलास अग्रवाल, र सहकोषाध्यक्षमा डा.तेजसुसिह मल्ल उम्मेदवार रहेका छन् । समूहका सदस्यमा डा.प्रभुराम घिमिरे, डा.राकेश साह, डा.बिना श्रेष्ठ, डा.हिमलाल भण्डारी, सुवोध मिश्र र डा.सोहित काफ्ले रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार माघ २ र ३ गते उपत्यका बाहिर र माघ १५, १६ र १७ गते उपत्यकाभित्र मतदान हुने तय छ । डा.रिजालको टिमले चुनावी रणनीतिमा चिकित्सकहरूको विश्वास फर्काउने, संघलाई पारदर्शी बनाउने तथा स्वास्थ्य नीति सुधारमा सक्रिय भूमिका खेल्ने लक्ष्य राखेको बताएको छ ।








