अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे छलफल

    • स्वास्थ्य पेज

  • १ पुष २०८२, मंगलवार

नेपालगन्जः परिवार नियोजन संघ बाँकेले अपांगता भएका व्यक्तिको यौन प्रजनन सुनिश्चितताका लागि सरोकारवाला निकायसंग समन्वयतात्मक बैठक गरेको छ । मंगलबार नेपालगन्जमा अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी स्थानीय सरकार र अन्य सरोकारवालासँग बैठक गरिएको परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले जानकारी दिइन् ।

उनले संघले प्रदान गर्दै आएको सेवाहरुसँगै भेस्टिलिटो परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै उनीहरुको आवश्यकताअनुसार सेवा, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि, पहुँचमैत्री संरचना र रोकारवालाबीच निरन्तर संवाद जस्ता पहल गर्दै आएको पनि बताइन्। परियोजनाले अपांगतामैत्री यौन प्रजनन स्वास्थ्य सेवालाई व्यवहारिक रुपमा लागू गर्ने आधार बनाएको पनि उनको भनाइ छ।

परिवार नियोजन संघ बाँकेका सभापति बदरुदुज्जा खाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अधिकारकर्मी भावुक थापा, टेकराज जैशी लगायतले बोलेका थिए । त्यसैगरी संघले छिट्टै प्रदेशस्तरीय कार्यशाला समेत गर्न लागेको जानकारी गराएको छ ।

  • १ पुष २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech