नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा रक्तदान कार्यक्रम आयोजना

    • स्वास्थ्य पेज

  • १ पुष २०८२, मंगलवार

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ बाँके शाखाले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। सोमबार बसेको शाखाको कार्यसमिति बैठकले शाखाको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सचिव कृष्ण ओलीले जानकारी दिएका छन् ।

शाखा अध्यक्ष नवीन गिरीका अनुसार, हाल रगत अभावको अवस्था रहेको हुँदा मानवीय कार्यमा हातेमालो गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो । गिरीले सबै पत्रकार, सञ्चारकर्मी र इच्छुक व्यक्तिहरूलाई यस कार्यक्रममा सहभागी भई मानवताको सेवामा योगदान गर्न आह्वान गरेका छन् ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा आयोजना गरिनेछ । रक्तदान कार्यक्रमले समुदायमा रक्त अभाव कम गर्ने र मानव सेवामा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

हेर्नुहोस् महासंघको विज्ञप्ती

  • १ पुष २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech