स्वास्थ्यपेजकर्मी समिरमान श्रेष्ठ सम्मानित

    • स्वास्थ्य पेज

  • २४ मंसिर २०८२, बुधबार

नेपालगञ्ज — स्वास्थ्यपेजकर्मी समिरमान श्रेष्ठ सम्मानित भएका छन् । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले रजत बर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व सम्मान प्रदान गर्ने क्रममा स्वास्थ्यपेजकर्मी श्रेष्ठलाई समेत सम्मान प्रदान गरिएको हो ।

नेपालगञ्ज ग्यालरीका संस्थापक समेत रहेका श्रेष्ठलाई इनोभेशन सम्मान प्रदान गरिएको आयोजक बास नेपालले जनाएको छ । ग्यालरीका माध्यमबाट समाजमा अनवरत रुपमा योगदान पुर्याएको भन्दै श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

यस्तै रजत समारोहको अवसरमा स्वास्थ्य क्षेत्रबाट बरिष्ठ चिकित्सक डा.एम किदवाई, बाग्मती सरसफाई अभियानका अभियन्ता चक्र बहादुर चन्द, वातावरणीय स्वच्छता, जलवायु न्याय र सरसफाई क्षेत्रबाट क्लिन अप नेपाल काठमाण्डौका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने, नेपालगञ्जमा बिषदी बिर्सजनमा भूमिका निर्वाह गरेका तेज बिक्रम शाहलाई सम्मान गरिएको थियो ।

त्यस्तै शिक्षा क्षेत्रबाट ब्राइटल्याण्ड स्कुल नेपालगञ्जका संस्थापक बिजय लामा, साहित्य क्षेत्रबाट बरिष्ठ साहित्यकार सनत रेग्मी, पत्रकारिता क्षेत्रबाट बरिष्ठ पत्रकार झलक गैरे, महिला बालबालिका मधेशी मुस्लिम समुदायको उत्थानका काम गरे बापत फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, गीत संगीत र कला क्षेत्रबाट बरिष्ठ कलाकार कमल बिके निर्मोही र ट्रफिक स्वयंसेवाको माध्यमबाट दूर्घटना न्यूनीकरणमा कार्य गरे बापत पोखराका शिव वास्ताकोटीलाई समेत सम्मान गरिएको छ ।

  • २४ मंसिर २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech