अहिले धेरै दम्पतीहरूलाई गर्भधारणमा समस्या भइरहेको छ । प्रत्येक जोडीका आ–आफ्नै समस्याहरू छन् । यद्यपि, यीमध्ये केहीको समस्या कुनै स्वास्थ्य अवस्थाका कारण नभई गर्भावस्थाका लागि कुन दिन र कुन समयमा प्रयास गर्दा सबैभन्दा बढी प्रभावकारी हुन्छ भन्ने जानकारी नभएकाले पनि हो ।
किनभने, कतिपय दम्पतीहरू दिनभरि नै जुनसुकै बेला पनि गर्भावस्थाका लागि प्रयास गरिरहन्छन् र पछि सफल नभएपछि चिन्तित हुन्छन् । यही समस्या समाधान गर्न स्त्रीरोग विशेषज्ञ डा आशिक अलीले यस विषयमा महत्त्वपूर्ण जानकारी दिएका छन् । उनले हालै गर्भावस्थाको योजना बनाइरहेका दम्पतीहरूले दिनको कुन समयमा प्रयास गर्नुपर्छ भनी बताएका छन् । नवभारत टाइम्सका लागि उनले दिएका सल्लाहलाई हामीले यहाँ प्रसारण गरेका छौँ ।
इन्स्टाग्राम भिडियोमा डाक्टर आशिक अलीले अनुसन्धानका अनुसार बिहान साढे ६ बजेदेखि साढे बजेको बिचमा पुरुषको प्रजनन क्षमता सबैभन्दा उच्च हुने बताएका छन् ।
वीर्यको गुणस्तर राम्रो हुन्छ
उनले अनुसन्धानअनुसार यस समयमा पुरुषको वीर्यको गुणस्तर दिनको अन्य कुनै पनि समयको तुलनामा बढी स्वस्थ, सक्रिय र शक्तिशाली मानिने बताएका छन्, त्यसैले दम्पतीहरूले यो कुरामा ध्यान दिनुपर्छ ।
राम्रो निद्रा र शरीरको प्राकृतिक हार्मोनको लयले बिहानको प्रजनन क्षमताको शिखरलाई अझ बलियो बनाउने उनले दाबी गरेका छन् । त्यसैले कुनै दम्पतीले गर्भावस्थाका लागि प्रयास गरिरहेका छन् भने उनीहरूले यी ‘गोल्डेन आवर’को फाइदा उठाउनुपर्छ ।
यद्यपि, उनले गर्भावस्थाका लागि सही समय मात्र नभई अन्य कारकहरूले प्रभाव पार्ने बताएका छन् । जस्तैः राम्रो जीवनशैली, सही ओभ्युलेसन ट्र्याकिङ र त्यससँग सम्बन्धित उचित जानकारी पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
उनले अर्को एक भिडियोमा गर्भावस्थाको योजना बनाउन यौन सम्बन्ध राख्ने सही समय र दिनको जानकारी पनि दिएका छन् । उनले महिनावारी सकिएको १२ देखि १८ औं दिनसम्मको समय सबैभन्दा उपयुक्त हुने बताएका छन् । यी दिनहरूलाई ‘फर्टाइल डेज’ भनिन्छ, जसमा ओभ्युलेसन हुन्छ । महिनावारी नियमित छ भने यी दिनहरूमा गर्भवती हुने सम्भावना सबैभन्दा बढी हुन्छ । त्यसैले दम्पतीहरूले यी दिनहरूमा र बताइएको समयमा गर्भधारणका लागि प्रयास गर्न सक्छन् ।







