स्तनपान गराइरहेकी आमालाई के खुवाउने ?

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०८२, शुक्रबार

स्तनपान गराउने आमाको दैनिक खानपान योजना बनाउनु पर्छ । शिशुलाई जन्म दिएपछि पौष्टिक एवम् घरमै बनाइएका खानेकुराहरू खुवाउनु पर्छ । व्यक्तिगत आवश्यकता शरीरको तौल, गतिविधि, स्वास्थ्य अवस्थाअनुसार पनि खानपानमा फरक पर्न सक्छ ।  वास्तवमा गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई स्थानीयस्तरमा उपलब्ध हुने सात समूहका विभिन्न खाद्यवस्तुहरू खुवाउनु पर्छ ।

  • अन्न वा जमिनमुनि फल्ने कन्दमूल ।
  • गेडागुडी, तेलहन, बियाँ ।
  • दूध तथा दुग्ध पदार्थ ।
  • माछा, मासु ।
  •  अण्डा ।
  • भिटामिन ए पाइने फलफूल (पाकेको मेवा, आँप, सुन्तला) ।
  • फर्सी, गाँजरलगायतका अर्गानिक तरकारी ।

सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सूक्ष्म पोषक तŒवको कमीबाट टाढा रहन सकिन्छ । गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साबिकभन्दा एक पटक थप खाना खानुपर्छ ।

सुत्केरीलाई यस्तो अवस्थामा विशेषगरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिस्री, सक्खर), थप पोषिलो खाना खुवाएमा दूध बढ्छ । यसको साथै सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप दुई पटक पोषिलो खानाहरू खुवाउनु पर्दछ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ । शिशु जन्मिएपछि आमालाई ४२ दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम््सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ ।

  • ५ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech