तीन बुँदे सहमतिसँगै नर्सहरूको आन्दोलन फिर्ता

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८२, शनिबार

नेपालगन्जः तीन बुँदे सहमतिसँगै नर्सहरूले आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार सेवासुविधा सम्बन्धी माग राख्दै आन्दोलनमा रहेका नर्सहरूले सहमतिसँगै विरोधका कार्यक्रम हालका लागि फिर्ता लिएका हुन् ।

शुक्रबार मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई यसअघि गठन भएको प्रा।डा। श्रीकृष्ठ श्रेष्ठ नेतृत्वको कार्यदलमा सदस्यका रूपमा समावेश गर्ने सहमति गरिएको छ ।

नर्सहरूको सेवासुविधा र समस्या समाधानका विषयमा यथार्थ विवरणसहित सुझाव पेश गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ ।सहमतिसँगै नर्सहरू हाल चलिरहेको आन्दोलन स्थगित गर्दै नियमित सेवामा फर्किने भएका छन् ।

  • २२ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech