नेपालगन्जः लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको छ । योसँगै पाल्पा कार्य सम्पादनमा लगातार तेस्रो पटक पहिलो स्थान कायम राख्न सफल भएको हो । पाल्पाले ७३ दशमलव ५६ प्रतिशत अंक हासिल गरेको छ ।
आर्थिक वर्ष ०७९/०८० र ०८०/०८१ मा पनि पाल्पा पहिलो भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा देउखुरीमा भएको आर्थिक वर्ष ०८१ /०८२ को प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख टुकराज पोखरेले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशाधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरुलाई प्रभावकारी गराउँदा उत्कृष्ट भएको बताए ।
यस्तै दोस्रो भएको रोल्पा स्वास्थ्य कार्यालयले ७१ द्यशमलव ०५ प्रतिशत र तेस्रो भएको रुकुमपूर्व स्वास्थ्य कार्यालयले ७० दशमलव ६४ प्रतिशत अंक ल्याए ।
यस्तै गुल्मी चौथौ, प्यूठान पाँचौं, अर्घाखाँची छैठौं, बाँके सातौं, नवलपरासी पश्चिम आठौं, रुपन्देही नवौं, दाङ दशौं, बर्दिया एघारौं र कपिलवस्तु बाहैं भए । लगातार तीन वर्ष एघारौं स्थानमा पर्ने बाँकेले भने यो पटक सुधार गरेको छ । अहिले सातौं स्थानमा परेको हो ।
उत्कृष्ट हुनेहरुलाई लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु र स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले प्रमाणपत्र सहित सम्मान गरेकी थिइन् ।







