नेपालगन्जः कार्तिक १६ गते आइतवार बिहान बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाको सानो विद्यालयमा साधारण दिनजस्तै पठनपाठन सुरु भएको थियो । मध्यान्तरको घण्टी बज्दै गर्दा, नेपाल आधारभूत विद्यालयका विद्यार्थीहरू खेल्न बाहिर निस्किए । तर त्यो मध्यान्तरको क्षण, कक्षा १ मा अध्ययनरत ६ वर्षका दिपेश चमारका लागि जीवनकै अन्तिम मध्यान्तर बन्यो । विद्यालय गएको छोरो नफर्किदा आमा मुर्छित छिन् । दिपेशको परिवार अहिले शोकमा डुबेको छ। उनका बुबा रोजगारीको शिलशिलामा मलेसिया थिए । उनी फर्किसकेका छन् ।
दुर्घटनाका केसहरु आफैमा गम्भीर हुन्छन् । कहाँ ? र कति ? चोट लागेको छ भन्ने कुरा पहिचान गर्न नै परीक्षणका लागि केही समय लाग्छ । बाहिरी चोटको अवस्था तत्काल मूल्यांकन गरेर प्रारम्भिक उपचार गर्न सम्भव भएपनि भित्रि चोटको पहिचान र उपचार गर्न नै समय लाग्छ ।
विद्यालय नजिकैको सडकमा खेल्दै गरेका दिपेशलाई अचानक तीव्र गतिमा गुडिरहेको वगिले ठक्कर दियो । बालक लडे, साथीहरु चिच्याए, शिक्षकहरू दौडिए । घटनास्थलमै उपस्थित शिक्षक सत्रोहन कुम्हारले ढिलाइ नगरी दिपेशलाई मोटरसाइकलमा राखेर भेरी अस्पताल नेपालगन्जतर्फ दौडे । घटनाको प्रत्यक्षदर्शी र उद्धारमा सहभागी शिक्षक सुमित रानाले सम्झिए–‘ठक्करपछि दिपेशको श्वास चलिरहेको थियो, तर टाउको उठाउन सकिरहेको थिएन । गम्भीर चोट लागेको देखिन्थ्यो ।’ बालकलाई भेरी अस्पतालको इमरजेन्सीमा लगिँदा चिकित्सकहरूले तुरुन्तै परीक्षण थाले । बाहिरी चोट मात्रै होइन, टाउकोमा गहिरो चोट रहेको देखियो । तर केही समयमै चिकित्सकहरुको निष्कर्ष आयो–‘बालकको अवस्था अत्यन्तै गम्भीर छ, तत्काल न्यूरोसर्जनको आवश्यकता छ ।’
भेरी अस्पतालले बालकको उपचार भेरीमा सम्भव नदेखेपछि करिव २/३ मिनेटमा पुग्न सकिने सञ्जीवनी अस्पतालमा रिफर गरिदियो। तर, सञ्जीवनी अस्पताल पुग्नुअघि नै सास रोकियो । चिकित्सकहरुले उनलाई मृत घोषणा गरे । पीडितको नाममा केही अभियान्ताहरुले अहिले भेरी अस्पतालले उपचार नगरेरै रिफर गरेका कारण बालकको मृत्यु भएको भनिरहेका छन् । के भेरी अस्पतालले उपचार नगरेकै कारण बालकको मृत्यु भएको हो ?
तर सत्य त्यसो होइन् । दुर्घटनाका केसहरु आफैमा गम्भीर हुन्छन् । कहाँ ? र कति ? चोट लागेको छ भन्ने कुरा पहिचान गर्न नै परीक्षणका लागि केही समय लाग्छ । बाहिरी चोटको अवस्था तत्काल मूल्यांकन गरेर प्रारम्भिक उपचार गर्न सम्भव भएपनि भित्रि चोटको पहिचान र उपचार गर्न नै समय लाग्छ । त्यहींअनुसारको परीक्षण र विज्ञता आवश्यक पर्छ । शिक्षक रानाका अनुसार बगिको ठक्करपछि बालकको श्वासप्रश्वास चलेपनि टाउको भने कन्ट्रोल गर्न सकिरहेका थिएनन् । यसको मतलव बालकको टाउकोमै गम्भीर चोट थियो ।
पश्चिम नेपालको प्रेषित अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा न्यूरोसेवा, सिटिस्क्यान लगायतका सेवाहरु नहुनु दुर्भाग्यपूर्ण हो । यसक्षेत्रका नागरिकहरु रअभियान्ताहरुले त्यसतर्फ राज्यलाई दवाव दिन आवश्यक छ ।
भेरी अस्पतालका चिकित्सकले पनि ती बालकको टाउकोमा गम्भीर चोटको निष्कर्षकै आधारमा तत्काल सेवा सुविधा भएकै अस्पतालमा रिफर गरिदिएको देखिन्छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार अस्पतालमा न न्यूरोसर्जन छन् न पेडियाट्रिक सर्जन न त सिटिक्यान नै सेवा । ‘हाम्रोमा ती सेवा नै छैन । त्यस्तो अवस्थामा बिरामीलाई राख्नु नै ज्यानमाथि थप जोखिम हुन्छ डा. सुवेदी भन्छन्–‘त्यसैले बालकको ज्यान जोगियोस् भनेरै तुरुन्तै सेवा उपलब्ध भएको सञ्जीवनी अस्पतालमा रिफर गरिएको हो ।’
चिकित्सकहरुका अनुसार दुर्घटनाका केसहरुमा प्रारम्भिक उपचार (जस्तै रक्तस्राव रोक्ने, सासको निगरानी गर्ने, हेड इन्जुरीको नियन्त्रण गर्ने) सम्भव भए पनि भित्री चोट (internal injury) को पहिचानका लागि समय, उपकरण र विज्ञता चाहिन्छ । न्यूरो–ट्रमा जस्ता केसहरुमा ढिलाइले ज्यान जान सक्छ । त्यसैले यी सबै सुविधा नजिकैको सञ्जीवनी कलेजमा भएरै अस्पतालले रिफर गरेको देखिन्छ । दिपेशको मृत्युपछि सामाजिक सञ्जालमा केही अभियन्ता र स्थानीयले ‘भेरी अस्पतालले उपचार नगरी रिफर गरेकाले मृत्यु भयो’ भन्दै आक्रोश व्यक्त गरे ।
यो घटना केवल एक बालकको असामयिक मृत्यु मात्र होइन, यो हाम्रो स्वास्थ्य र सडक सुरक्षाको संरचनागत कमजोरीको झल्को पनि हो । ग्रामीण क्षेत्रका विद्यालय वरिपरि सडक सुरक्षा बेवास्ता, साना बालबालिकालाई ट्राफिक सचेतना नदिइनु, स्थानीय अस्पतालमा विशेषज्ञ सेवा अभाव पनि यस्ता घटनाका कारण बनेका छन् ।
तर डा. सुवेदी भन्छन्–‘यदि हामीले सेवा नभएको ठाउँमा बिरामीलाई राख्यौं भने, त्यो गैरजिम्मेवारपूर्ण हुन्छ। बिरामीको जीवन सुरक्षित राख्न सकिने ठाउँमा पठाउनु हाम्रो कर्तव्य हो ।’ पश्चिम नेपालको प्रेषित अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा न्यूरोसेवा, सिटिस्क्यान लगायतका सेवाहरु नहुनु दुर्भाग्यपूर्ण हो । यसक्षेत्रका नागरिकहरु र अभियान्ताहरुले त्यसतर्फ राज्यलाई दवाव दिन आवश्यक छ । स्थानीय समाजसेवीहरु भन्छन्–‘विद्यालय परिसर नजिकै सडकमा उचित सुरक्षा व्यवस्था नभएको र “स्कूल जोन” नबनाइएकै कारण यस्ता घटना हुने गरेको छन् ।’
यो घटना केवल एक बालकको असामयिक मृत्यु मात्र होइन, यो हाम्रो स्वास्थ्य र सडक सुरक्षाको संरचनागत कमजोरीको झल्को पनि हो । ग्रामीण क्षेत्रका विद्यालय वरिपरि सडक सुरक्षा बेवास्ता, साना बालबालिकालाई ट्राफिक सचेतना नदिइनु, स्थानीय अस्पतालमा विशेषज्ञ सेवा अभाव पनि यस्ता घटनाका कारण बनेका छन् । अभियान्ताहरुले यसतर्फ पनि आवाज उठाउन जरुरी छ ।







