दाँतको समस्या एउटा मात्र हुन्न, अनेकौं समस्या हुन्छन् । कसैको दाँत उछिटिएको हुन्छ, कसैको दाँत खिया लागेको हुन्छ, कसैको दाँत भाँचिएको हुन्छ, कसैको दाँत कीराले खाएको हुन्छ, कसैको दाँत फुक्लिएको हुन्छ । योसँगै दन्त स्वास्थ्यका सवालमा थुप्रै भ्रम समेत छन् । यो लेखमा दन्त स्वास्थ्यका केही भ्रम हटाउने प्रयास गरिएको छ ।
दन्त स्वास्थ्य : भ्रम र सत्य
भ्रम सत्य
कडा गरेर दाँत माझे अझ सफा हुन्छ धेरै कडा गरेर माझ्दा दाँतको इनेमल र गीजा दुबै बिग्रिन्छन् ।
सफ्ट ब्रस प्रयोग गरेर हल्का स्ट्रोकमा २ मिनेट माझे पुग्छ ।
दूधे दाँत झर्ने भएकाले खासै जरुरी हुँदैन दूधे दाँतले बोल्न, खान, र स्थायी दाँतलाई ठिक ठाउँमा आउन सहयोग गर्छन् ।
उपचार नगर्दा संक्रमण र दाँतको लाइन बिग्रन सक्छ ।
रगत आयो भने ब्रस गर्न बन्द गर्नुपर्छ गिजाबाट रगत आउनु प्रायः गीजा रोगको संकेत हो ।
नियमित ब्रस–फ्लस गर्नुपर्छ र दन्त चिकित्सकलाई देखाउनुपर्छ ।
गर्भवती अवस्थामा दाँत ब्रस गर्नु हुँदैन गर्भावस्थामा दाँत र गीजा अझ संवेदनशील हुन्छन् ।
अझ ध्यान दिएर ब्रस–फ्लस गर्नु आवश्यक हुन्छ, नत्र गीजा रोग र दाँतको समस्या बढ्न सक्छ ।
दाँत सेतो बनाउने उपचारले दाँत बिगार्छ दन्त चिकित्सकद्वारा गरिने सेतो बनाउने उपचार सुरक्षित हुन्छ ।
केही संवेदनशीलता आउन सक्छ तर इनेमललाई हानी हुँदैन ।
दुखाई नभए दन्त चिकित्सकलाई देखाउनु पर्दैन धेरै समस्या (जस्तै किरा, मसुडा रोग) सुरुवातमा दुख्दैनन् ।
नियमित जाँचले समस्या छिट्टै पत्ता लगाउन मद्दत गर्छ ।
(दन्त चिकित्सक डा. भट्टराई, फेमिली डेन्टल केयर सेन्टर नेपालगन्जमा कार्यरत छिन् )









