कोहलपुरः कोहलपुरमा भोलिदेखि सात दिने निःशुल्क ऊर्जाध्यान शिविर आयोजना गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर जीवनयोग प्रयोगशालाको सहकार्यमा शिविर आयोजना गरिएको हो ।
१९ गतेसम्म कोहलपुर नगरपालिका, बाँकेको सभाहलमा उक्त शिविर सञ्चालन हुने छ । शिविरमा विभिन्न गुरुदेवहरुले प्रशिक्षण दिनेछन् । उनीहरूले ध्यान, आत्म–परिष्कार र ऊर्जाको वैज्ञानिक अभ्यासका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक शुद्धताको सन्देश दिने बताइएको छ ।
आयोजकका अनुसार जीवन विज्ञानको यो शिविरले मानिसहरूमा सकारात्मक सोच, आत्म–शक्ति र जीवन व्यवस्थापन सीप विकासमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ । शिविरमा सहभागी हुन इच्छुक सबैका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क रहेको ाजनकारी दिँदै नगर प्रहरी प्रमुख वीरबहादुर थापाले सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।








