जेनजी आन्दोलनका घाइते तथा प्रभावितको निःशुल्क मनोसामाजिक परामर्श गर्ने स्वास्थ्य मन्त्रीको निर्णय

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०८२, सोमबार

नेपालगन्जः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छिन्।

आइतबार सपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री शर्माले उक्त निर्णय गरेकी हुन्। विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने मन्त्री शर्माले बताइन्।

त्यस्तै उनले भ्रष्टाचारले मुलुकमा निकै समस्या निम्त्याएको भन्दै भ्रष्टाचार बिरुद्ध निर्मम भएर अघि बढ्ने बताइन्। सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै स्वरुप भएको भन्दै त्यस बिषयमा बिशेष ख्याल गर्न उहाँले कर्मचारीलाई निर्देशन समेत दिइन्।

उनले स्वास्थ्यका खरिद प्रक्रियालाई पूर्णपारदर्शी बनाइ भ्रष्टाचार शून्य नीति अपनाउन समेत निर्देशन गरिन्।

उनले कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन निर्देशन दिएकी हुन्।

‘स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा अनियमितता छ भन्ने कुरा जगजाहेरै हो। तर सबै सचिव भ्रष्ट हुन्छन् भन्ने गलत भाष्य हो। हामीमा दुइटा सचिव हुनुहुन्छ। सबैलाई एकै ठाउँमा राख्दा राम्रो काम गर्नेमाथि अन्याय हुन्छ नि ‘ उनले भनिन्।

मन्त्री शर्माले जेननी आन्दोलनमा शहीद भएका परिवारका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको र यसका लागि अर्थ मन्त्रालयसंग परामर्श गरेर आवश्यक निर्णय गर्ने जानकारी दिइन्।

  • १० कार्तिक २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech