निजी अस्पतालको छाता संगठन अफिन बाँकेको अध्यक्षमा महत्तो चयन

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०८२, आईतवार

नेपालगन्जः निजी अस्पतालको छाता संगठन अफिन (Association of Private Health Institutions of Nepal – APHIN ) बाँकेको अध्यक्षमा चन्द्र बहादुर महत्तो चयन भएका छन् ।

महत्तो कोहलपुर नगरपालिका वडा नं.९ स्थित कौशिल्या मेमोरियल अस्पतालका संचालक हुन् ।  उनी तीन वर्षीय कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । ९ सदस्यीय समितिमा उपाध्यक्ष डा.सुरेश कुमार नाग, कोषाध्यक्षमा डा. प्रचण्ड गौतम, सचिवमा डा.जोशन न्यौपाने रहेका छन् ।

यस्तै सदस्यहरुमा डा.दिपेश कुमार गुप्ता, डा. प्रविण गुप्ता, डा.विजय प्रधान र अर्जुन महत्तो रहेका छन् । संस्थाको संरक्षकमा संस्थापक डा.विनोद थापा र निवर्तमान अध्यक्ष डा.विनोद खेतान रहेका छन् । बाँकेमा २०७२ सालमा APHIN स्थापना भएको थियो ।

निजी स्वास्थ्य क्षेत्रलाई एकै प्लेटफर्ममा ल्याएर उनीहरुको हकहित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी गराउने यसको मुख्य उद्देश्य हो ।

नवनिर्वाचित अध्यक्ष महत्तोले भने -‘यसले निजी क्षेत्रलाई संगठित बनाउँदै, गुणस्तरीय र उत्तरदायित्वमा जोड दिँदै, राज्यको स्वास्थ्य प्रणालीमा पूरक भूमिका खेल्दै आएको छ।’

महत्तो कोहलपुर नगरपालिका वडा नं.९ स्थित कौशिल्या मेमोरियल अस्पतालका संचालक हुन् ।

  • ९ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech