नेपालगन्जः नेपालगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापा सम्मानित भएका छन् । दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमले छैठौं वर्षको अवसरमा आज आयोजित कार्यक्रममा डा.थापालाई अग्रज चिकित्सकका रुपमा सम्मानित गरिएको हो ।
दिर्घायु हाउस प्रालिले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा एक जना अग्रज चिकित्सकलाई सम्मान गर्दै आएको छ । त्यहींक्रममा यो पटक डा.थापालाई सम्मानित गरिएको हो । लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले डा.थापालाई खादा र कदरपत्रले सम्मानित गरिन् ।
सम्मानित थापाले स्वास्थ्यपेज डटकम पश्चिम नेपालको स्वास्थ्य पत्रकारितामा अव्वल रहेको बताए ।