अचानक मुख लाटो एवं बाङ्गो भयो भने सद्दे पार्न गरिने के हो अकुपन्चर थेरापी ?

    • अकु. सुदर्शन बस्‍नेत / अकुपञ्चरिस्ट

  • ३० आश्विन २०८२, बिहीबार

निजामती सेवाका एकजना शाखा अधिकृतलाई आफ्नो अनुहार लि लाटो भए जस्तो लागेछ । त्यसबेला उनी भर्खरै मर्निङ वाक सकेर घर फर्किएका थिए । उनी ऐनामा आफ्नो अनुहार देखेर झस्किएछन् । किनभने उनको मुख त एकातिर बाङ्गो, आँखा चिम्सा भएको थियो । उनले तत्कालै चिकित्सकलाई भेटे र आफ्नो समस्या सुनाए ।

चिकित्सकले भने, ‘यो तपाईंको मुखको पक्षघात हो ।’ उनले त्यसको औषधि उपचार गरे । तर, ढुक्क हुन नसकेपछि अकुपञ्चर गराए । २० दिनको अकुपञ्चरपछि उनको अनुहार पहिलेको जस्तै सद्दे भयो । अकुपन्चर थेरापी एक परम्परागत चिनियाँ उपचार पद्धति हो । अकुपन्चर दुई फरक शब्दबाट बनेको छ ।

अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्ने । शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्दति हो, अकुपन्चर । पाँच हजार वर्ष पहिला चिनियाँ परम्परागत उपचार पद्धतिको रुपमा अकुपन्चर विकसित भएको थियो । यो उपचार पद्धति सन् १९७९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता पछि विश्वका अधिकांश देशमा प्रयोग हुँदै आएको छ ।

डब्लुएचओले २५० वटा रोगमा अकुपन्चर प्रभावकारी रहेको ठहर गरे पनि विश्वव्यापी रुपमा अकुपन्चर हाडजोर्नी तथा नसासम्बन्धी समस्यामा प्रयोग हुँदै आएको छ । कम्मरको दुखाइ, गर्दनको दुखाइ, पारालाइसिस, न्युरलजिया, माइग्रेन, एन्जाइटी, डिप्रेसन, ग्यास्ट्रिकको समस्यामा पनि अकुपन्चर प्रभावकारी छ । अब फेरी मूल विषयमा फर्कों ।

अचानक मुख बाङ्गो हुने अर्थात मुखको पक्षघात हुने समस्या जो कोहीलाई हुनसक्छ । अनुहार एउटा नसा हुन्छ, जसलाई सातौं क्रोनिएल नसा भनिनछ । कुनै कारणले सो नसामा दबाब पर्न सक्छ ।

यसरी दबाव पर्दा त्यसको कार्यक्षमतामा कमी आउँछ र मुख लाटो हुन्छ । यही स्थितीलाई मुखको पक्षघात भनिन्छ । सातौं क्रोनिएल नसा मस्तिष्कबाट सुरु हुन्छ । यो कानको पछाडि हुँदै अनुहारमा जोडिन्छ । त्यसको तीन वटा शाखा हुन्छ ।

१. अपथलमिक

२. माक्सिलरी

३. मन्डिबुलर

जब मुखको पक्षघात हुन्छ, यी तीन वटा शाखामा नै असर गर्छ ।

के कारणले हुन्छ ?

मुखको पक्षघात किन हुन्छ ? यसको खास कारण अहिलेसम्म पत्ता लागेको छैन । केही अनुसन्धानले चाहिँ के देखाएको छ भने भाइरल संक्रमणले यस्तो हुन्छ । कहिले काहीँ कान पाक्ने समस्या, ट्युमर, ब्याक्टेरियल संक्रमणले पनि यो समस्या ल्याउँछ ।

कस्ता व्यक्तिलाई जोखिम ?

मुखको पक्षघात प्राय चिसो हावामा बस्ने, मोटोपन भएका व्यक्तिलाई हुनसक्छ । त्यससँगै उच्च रक्तचाप भएका, मधुमेह भएकालाई पनि यसको जोखिम छ ।

यसको लक्षण के हो ?

१. मुख एकातिर बाङ्गिनु

२. आँखा बन्द नहुनु

३. रयाल चुहिनु

४. जिब्रोले राम्रोसँग स्वाद थाहा नपाउनु

५. कान मा अर्कै आवाज आए जस्तो वा ठूलो आवाज आउनु

६. रिंगटा लाग्ने हुनु

नोट -यस्तो लक्षण अनुहार को एकापट्टी मात्र हुन्छ।

के छ त उपचार ?

आधुनिक चिकित्सामा यसको उपचार खासै छैन । तर नसा रोग विशेषज्ञले कोर्टीकोस्टेराइड (एक किसिमको औषधि) दिएको देखिन्छ। मुखको पक्षाघातमा अकुपंचर सबै भन्दा प्रभावकारी पद्धति हो। सियोसँगै इलेक्ट्रिक स्टीमुलेटरको प्रयोगले यसको प्रभावकारिता बढाउँछ। १० देखि ३० दिन सम्मको अकुपंचर उपचारले मुखको पक्षघात पूर्णरुपमा निको हुन्छ। अकुपंचरसँगै अनुहारमा अकुप्रेसर,मालिसले अझ बढी छिटो उपचारमा सहयोग पु¥याउँछ ।

  • ३० आश्विन २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech