स्वस्थ जीवनका लागि शारीरिक साथ साथै मानसिक स्वास्थ्य राम्रो हुन पनि आवश्यक छ । मानसिक स्वास्थ्य भन्नाले मानिस मानसिक र सामाजिक रुपमा स्वस्थ हुनुलाई जनाउँछ । यसमा भावनात्मक रुपमा स्वास्थ हुनु पनि समेटिन्छ । जसअन्तर्गत आफ्ना भावनाहरू बुझ्न, व्यक्त गर्न र नियन्त्रण गर्न सक्ने क्षमता पनि पर्छ ।
मानसिक स्वास्थ्यलाई असर गर्ने धेरै कारणहरू हुन्छन् । जसमध्ये केही नियन्त्रण गर्न सकिन्छ, केही सकिँदैन । वास्तवमा मानसिक स्वास्थ्य असर गर्ने धेरै कुराहरु हाम्रै हातमा हुन्छ ।
मानसिक स्वास्थ्यका लागि अपनाउन पर्ने दैनिकि निम्न छन् :
१. पर्याप्त निद्रा
पर्याप्त मात्रामा निदाउनु शारीरिक स्वास्थ्यका लागि मात्र नभएर मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ । अमेरिकामा सन् २०२१ मा २ लाख ७३ हजार ६ सय ९५ वयस्कहरूमा एउटा अध्ययन गरिएको थियो । उक्त अध्ययनका अनुसार, प्रतिदिन औसत ६ घण्टा वा त्यसभन्दा कम सुत्ने व्यक्तिहरु भन्दा ६ घण्टाभन्दा बढी सुत्नेहरू मानसिक रुपमा स्वस्थ थिए । ६ घण्टाभन्दा कम सुत्नेहरुले २.५ गुणा बढी मानसिक तनावको अनुभव गर्ने सम्भावना देखिएको थियो ।
२. सामाजिक सञ्जालको नियन्त्रित प्रयोग
सामाजिक सञ्जालमा निरन्तर नयाा कुराहरु आइरहन्छन् । कहिलेकाहीा अरु मानिसहरुको जीवनको कुराहरु जान्दा, आफुलाई अन्य मानिसहरुसाग तुलना पनि गरिइन्छ जस्ले आफुलाई कमजोर छु भन्ने सोच ल्याउाछ । त्यसैले सामाजिक सञ्जालले नै हामीलाई एन्जाईटी र डिप्रेसन जस्ता समस्या निम्ताउन सक्छ ।
सामाजिक सञ्जालको प्रयोग कम गर्नका लागि निम्न कुराहरुको गर्न सकिन्छः
फोनलाई आफ्नो पहुँचबाट टाढा राख्ने
सामाजिक सञ्जाल चलाउने समयमा गर्न सकिने वैकल्पिक र अर्थपूर्ण कामहरुको सुचि बनाउने
सामाजिक सञ्जालको नोटिफिकेसन बन्द गर्ने वा एपहरु डिलिट गर्ने ।
३. सामाजिक सम्बन्धहरु बलियो बनाउने
मानिस सामाजिक प्राणी भएकै कारण सामाजिक सम्बन्धहरुले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्छ । सम्बन्धहरुले एक्लो महसुस हुन दिादैन, भावनात्मक सहयोग प्रदान हुन्छ र हाम्रो जीवनमा अर्थ पनि थप्छ । यसले मानिसको मानसिक स्वाथ्य राम्रो बनाउँछ ।
४. शारीरिक व्यायामहरु गर्ने
शारीरिक व्यायामले हाम्रो तनावहरु कम गर्ने, हाम्रो मुड राम्रो बनाउने, निदाउन सहज बनाउने साथै गहिरो निद्रा पार्न सहयोग गराउने र डिप्रेसन र एङ्जाइटि कम गराउँछ ।
व्ययाम व्यक्ति अनुसार फरक हुन सक्छ । आफ्नो शरीर र स्वास्थ्य सुहाउादो व्यायाम गर्नु उचित हुन्छ ।
५. पोषणयुक्त खानेकुराहरु खाने
कुनै खानेकुराले हाम्रो मानसिक स्वास्थमा असर गर्न सक्छ । मुड राम्रो गराउने खानेकुराहरुलाई आफ्नो डाइटमा राख्नुपर्छ । जस्तै बेरीज, केरा, गेडागुडी, स्यालमन माछा आदि ।
यस्ता खानेकुराले हाम्रो शरीरलाई आवश्यक पोषण दिनु साथै मानसिक स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै पर्याप्त मात्रामा पानी पिउने र जंक फुडहरु नखानु पनि मानसिक स्वास्थ्यको लागि राम्रो हो ।
६. आराम गर्ने समय निकाल्ने
आराम गर्ने तरिका व्यक्तिपिच्छे फरक हुन सक्छ । तर सामान्यतया आराम गर्नुको अर्थ भनेको शरीर र मनलाई शान्त गराउने र पुनर्स्थापित गर्ने हो । समय समयमा मानिसलाई आराम पनि चाहिन्छ ।
७. घाम ताप्ने
घाम भिटामिन डिको राम्रो सोर्स हो । अध्ययनहरुका अनुसार भिटामिन डिले हाम्रो मुड राम्रो बनाउन सहयोग गर्छ ।
दिउँसो घाम ताप्ने समय नभएमा बेलामौकामा बाहिरी फ्रेस हावा भए पनि लिन आवश्यक हुन्छ ।
(हेल्थलाइनमा मार्गारिटा टार्टाकोभिस्कीद्वारा लिखित मेडिकल्ली रिभ्युड आर्टिकलमा आधारित)