काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाएका हुन् ।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमा वार्ता राखिएको थियो । तर, वार्ताअघि नै राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल लगिएको थियो ।
हेर्नुहोस् अस्पतालले सावर्जनिक गरेको विज्ञप्ति









