नेपालगन्जः नेपालगन्जस्थित एचसीआरसी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बर्दियाको बारबर्दियामा गएर निःशुल्क स्वास्थ्य सेवा दिएका छन् ।
विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका स्थानीय समुदायका लागि शिविरले ठूलो लाभ पुर्याएको स्थानीयले बताए ।
बारबर्दिया नगर अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा बाँझोपन विशेषज्ञ डा.मञ्जु बिसी शाह, बालरोग विशेषज्ञ डा. उपेन्द्र यादव लगायतका चिकित्सकले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेका थिए ।
एक सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएको बताइएको छ । शिविरमा बालबालिका, महिला र वृद्धवृद्धाहरुबढी आएका थिए।








