नेपालगन्जः भारतको १८ बालबालिकाको ज्यान लिएको कफ सिरप औषधि नेपालमा उपलब्ध नभएको औषधि व्यवस्था विभागले स्पष्ट पारेको छ ।
विभागले आज सूचना जारी गर्दै ‘कोल्ड्रिफ’ नामक सिरप नेपालमा दर्ता नै नभएकाले बिक्री वितरण गर्न नपाइने समेत स्पष्ट पारिएको छ ।
औषधि आयातकर्ता, चिकित्सक, फार्मेसी तथा सर्वसाधरणलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।