नेपालमा मुटुरोगको उपचार प्रभावकारी, तर रोकथाम कमजोर

    • डा.प्रकाशराज रेग्मी / मुटुरोग विशेषज्ञ

  • १९ आश्विन २०८२, आईतवार

तस्विरः फाइल

अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरूले ज्यान गुमाउने गरेका छन् । जसमध्ये ६५ लाख मानिसहरू अल्पायूमै मर्ने गरेको छन् । अल्पायू भनेको ४० वर्षभन्दा कम उमेरमै मुटु रोगकै कारण मानिसहरुको निधन हुने गरेको छ । यो हिसाबले हेर्दा अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेका छन् ।

विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने छ । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा यसको जोखिम झन् धेरै छ । विकसित राष्ट्रहरूभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ । यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ ।

अहिले मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बन्दै गएको छ । पछिल्लो दुई दशकमा नेपालमा मुटु रोगको उपचार प्रणालीमा उल्लेखनीय सुधार आएको छ । हाल ९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव भएको छ ।  पहिले भारत वा बैंकक जानुपर्ने अवस्था थियो । अहिले नेपालमै जटिल शल्यक्रिया गर्न सकिन्छ ।

तर रोगको रोकथाम पक्षमा भने अझै गम्भीर कमजोरी रहेको देखिन्छ । बच्चाहरूमा देखिने बाथ मुटु रोगलाई रोक्नेतर्फ राज्यको ध्यान पर्याप्त दिएको देखिदैँन । हाल विश्वभर ३३ प्रतिशत मानिस पूर्णतः शारीरिक रूपमा निष्क्रिय छन् । अर्का ३३ प्रतिशत मानिसको शारीरिक गतिविधि अपुग रहेको छ । यस्तो अवस्था मुटु रोग बढ्नुको प्रमुख कारण हो ।

दैनिक आधा घण्टा हिँड्दा मात्रै पनि मुटु स्वस्थ रहनसक्छ । व्यायाम वा हिँडडुललाई जीवनशैलीमा समावेश गर्नु अत्यावश्यक छ । सन्तुलित आहार, शारीरिक सक्रियता र धुम्रपान तथा रक्सीबाट टाढा रहने जीवनशैली अपनाएर ८० प्रतिशत मुटु रोग रोक्न सकिने बताए । ‘हामीले जति सकिन्छ ताजा खानेकुरा खानुपर्छ, पत्रु खाना, बोतलका पेय पदार्थ र चिल्लो पदार्थबाट टाढा रहनुपर्छ ।

उच्च रक्तचापलाई ‘मौन हत्यारा’को रूपमा लिन सकिन्छ । नेपालमा उच्च रक्तचाप भएका ८० प्रतिशत मानिस उपचार नै गराइरहेका छैनन् । यस वर्षको मुटु दिवसमा रक्तचाप मापन गर्ने अभियानमा जोड दिन सबैलाई आग्रह गरिएको छ ।

स्वस्थ जीवनशैलीबाट ८० प्रतिशत मुट रोगका कारणहरु ८० प्रतिशत स्वस्थ जीवनशैलीबाट रोक्न सक्छौँ । त्यसैले मिस नगरौँ उच्च रक्तचाप धेरैलाई छ । धेरै मानिसहरूको उच्च रक्तचापबाट मृत्यु भइराखेको छ । तर जति उच्च रक्तचाप भएका रोगीहरू छन् । उनीहरूमध्ये जम्मा २० प्रतिशतले मात्रै उपचार गराइराखेका छन् । ८० प्रतिशतले उपचार मिस गरिरहेका छन् ।

त्यस्तै वातावरणीय प्रदूषण विशेषगरी धुलोका सूक्ष्म कण र माइक्रोप्लास्टिकहरूले मुटुरोगको नयाँ जोखिमका रूपमा पहिचान भइरहेका छन् । श्वासमार्फत शरीरमा प्रवेश गर्ने यस्ता कणहरूले मुटु र मस्तिष्कको रक्त नलीहरूमा ब्लकेज निम्त्याइ हृदयघात गराउने प्रमाण भेटिएको छ ।

सरकारलाई रोकथाममा लगानी बढाउन र आम जनतालाई पनि स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्दछु । उपचारभन्दा पनि रोकथाममा लगानी गर्दा दीर्घकालीन लाभ हुन्छ । हामीले अब ‘बचेको मुटुलाई’ जोगाउनुपर्छ, बच्नका लागि आफैं सचेत हुनुपर्छ ।

काठमाडौंमा मात्रै नभएर अहिले काठमाडौं बाहिर पनि मुटुको रोग उपचारको विकेन्द्रीकरण भइसकेको छ । प्रादेशिक अस्पतालहरूमा समेत धेरै अहिले मुटुका डाक्टरहरू पुगिसकेका छन् । म के भन्न चाहन्छु भने नेपालमा अहिले झन्डैझन्डै ९५ प्रतिशत मुटुका रोगीहरूको उपचार हुन्छ । केही केही रोगहरूको लागि मात्रै बाहिर जानुपर्ने हुन्छ ।

प्रदूषणलाई पछिल्लो समय मुटुरोगको नयाँ जोखिम कारकको रूपमा हेरिएको छ । धुलो, प्लास्टिकको कण, ध्वनिको प्रदूषणजस्ता कारणहरूले पनि मुटुको रक्तनलीमा असर पर्याइरहेको प्रमाणित भइसकेको छ । श्वासमार्फत शरीरमा पुगेको धुलो र माइक्रोप्लास्टिकको कणले रक्तनलीमा जमेर हार्ट अट्याक वा मस्तिष्कघात गराउने गरेको पाइएको छ ।

उपचारतर्फ नेपाल अगाडि बढेको छ । तर रोकथाममा ध्यान नदिँदा रोगको ग्राफ बढ्दो छ ।  सरकारले मुटु रोगको रोकथाममा बजेट छुट्याउन र जनस्तरमा सचेतना अभियान चलाउनुपर्ने आवश्यक छ ।

  • १९ आश्विन २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech