दशैं खानपिन र रमाइलो गर्ने पर्वका रुपमा चिनिन्छ । यो बेला खासगरी मासु,मिठाइ लगायत अन्य परिकारको विशेष भोग हुने गर्दछ। तर मधुमेह (सुगर) भएका बिरामीका लागि यो पर्व केही चुनौतीपूर्ण पनि हुन सक्छ ।
खानपिनमा असावधानीले रगतमा सुगरको स्तर असन्तुलित हुन सक्छ र स्वास्थ्यमा असर पार्न सक्छ । त्यसैले मधुमेहको समस्या भएका बिरामीहरुले दशै अनि खानपानमा विशेष ख्याल गर्नुको विकल्प छैन ।
दशैंमा खानुपर्ने कुरा
- तरकारी र सागपात — फाइबर र भिटामिनले पाचन सुधार्छ र रगतमा सुगर स्थिर राख्छ ।
- सेतो मासु (कुखुरा, माछा) — प्रोटिनका राम्रो स्रोत, र रातो मासुको तुलनामा कम बोसो ।
- फलफूल — मध्यम मात्रामा, जस्तै स्याउ, नाशपाती, सुन्तला।
के नखाने त ?
- धेरै चिनी भएको मिठाई र पेय पदार्थ ।
- अत्याधिक रातो मासु र प्रशोधित खाना ।
- अत्याधिक चामल, पाउरोटी र मैदामा बनेका परिकार ।
के गर्ने ?
- सानो भागमा चाडपर्वको खाना खानुहोस्।
- दिनभरमा सानो–सानो भोजन बारम्बार लिनुहोस्।
- नियमित रूपमा सुगरको जाँच गर्नुहोस्।
- पानी प्रशस्त पिउनुहोस्।
- औषधि लिनुहुन्छ भने नछुटाइ नियमित लिनुहोस् ।
- बिहान बेलुका समय मिलाएर ब्यायाम गर्ने गर्नुहोस् ।
दशैंको रमाइलो स्वास्थ्यसँग सम्झौता नगरी गर्न सकिन्छ। सुगर भएका बिरामीले आफ्नो खानपिनलाई सन्तुलित बनाउन सके मिठास र स्वास्थ्य दुवै पाउन सक्छन् ।
(चिकित्सकसँगको कुराकानीमा आधारीत)