दशैं–तिहार जस्ता चाडपर्वमा प्रायः मानिसहरू मासुजन्य खानेकुरामा बढी आकर्षित हुन्छन् । तर स्वास्थ्यका हिसाबले हेर्दा केवल मासु मात्र खाने बानी दीर्घकालीन रूपमा शरीरका लागि राम्रो भने होइन ।
मासु मात्र खाँदा हुने असर :
- मासुमा प्रोटिन र बोसो प्रचुर मात्रामा पाइन्छ, तर त्यहाँ फाइबर (रेशा) हुँदैन ।
- फाइबर नपाउँदा पेटमा कब्जियत (Constipation हुने सम्भावना बढ्छ।
- अत्यधिक मासु सेवनले रक्तचाप, कोलेस्ट्रोल बढ्न सक्छ।
सागपात, फलफूल किन चाहिन्छ ?
- सागपात र फलफूलमा पाइने फाइबर पाचन प्रक्रियालाई सहज बनाउँछ।
- फाइबरले कोलेस्ट्रोल नियन्त्रणमा राख्छ र हृदय रोगको जोखिम घटाउँछ।
- फलफूल र तरकारीमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
सन्तुलित आहारको महत्व
- मासु खाँदा त्यससँगै हरियो सागपात, सलाद, तरकारी र फलफूल पनि समावेश गर्नुपर्छ।
- अण्डा, दाल, चना, मकै, गेडागुडी जस्ता खाद्य पदार्थले प्रोटिनको विकल्प दिन्छन् ।
- परम्परागत नेपाली थाली (भात, दाल, तरकारी, अचार, मासु) नै वास्तवमा सन्तुलित आहारको राम्रो उदाहरण हो ।
मासु मात्र होइन, सागपात र फलफूल पनि बराबर आवश्यक छ । मासुले प्रोटिन दिन्छ भने सागपात–फलफूलले फाइबर, भिटामिन र खनिज दिन्छ । दुवै मिलाएर खानु नै स्वस्थ जीवनको आधार हो ।