नेपालगन्जः नेपालका विभिन्न प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चालू आर्थिक वर्षमा पनि तलब भत्ता नपाएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भुक्तानी गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयहरूलाई पत्र पठाउँदै गुनासोको सम्बोधन गरी नियमित तलब भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।
मन्त्रालयमा प्राप्त गुनासो अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खटाइएका यस्ता स्वास्थ्यकर्मीहरू तलबविहीन छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उप–सचिव कृष्णराज पाण्डेद्वारा हस्ताक्षर गरी जारी निर्देशन पत्रमा उल्लेख छ ।









