नेपालगन्जमा रक्तदान

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०८२, शनिबार

नेपालगन्जः बाँकेमा श्री सतपाल जी महाराजको ७५ औं जन्मोत्सव तथा बिश्व शान्तिको दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ कारकाँदोस्थ्ति नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेको आयोजनामा आश्रमको सभाहलमा महिला र पुरुष गरी २९ जनाले रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

नरेन्द्र शाही, एलिना मण्डल, अनुपम मण्डल, महेश सुनार, अमृत सुनार, बीेरेन्द्र गहतराज, आयुशमान राज गुप्ता, यज्ञ प्रसाद भण्डारी, हिमेश पाण्डे, अरबिन्द कुमार गुप्ता, बिजय थापा क्षेत्री, सरोज थापा, कुमारी गुरुङ्ग, धु्रराज घर्ती, क्याप्टन चौधरी, मञ्जरी प्रिया, हिमाल पंगाली, प्रादेशिक रक्त सञ्चार केन्द्रका कर्मचारी ओम प्रकाश गोडिया, गरिमा थापामगर, दिनेश थापा, प्रभित थापा, सशान्त चन्द ठकुरी, सुदम क्षेत्री, ज्ञानी चौधरी, मनिष शाक्य, श्रवण अग्रवाल, चन्द्र प्रसाद चौधरी, सुरेन्द्र चौधरी, बीरेन्द्र माल लगायतले रक्तदान गरेका थिए ।

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, सुनिल थापामगर, सुनिता कुमाई, प्रशान्त थारु, सुस्मिता, ओम प्रकाश गोडिया, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेका सचिव सृजना मल्लद्वारा सञ्चालित कार्यक्रममा आश्रमका उपाध्यक्ष मंगल जिएम, शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल र आश्रममा आवद्ध बिभिन्न स्थानबाट आएका भक्तजनहरुको सहभागिता रहेको थियो ।

  • ४ आश्विन २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech