बाँकेमा भोलीदेखि निजी विद्यालयहरु संचालन हुने

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०८२, शनिबार

नेपालगन्जः बाँकेमा भोलीदेखि निजी विद्यालयहरु संचालन हुने भएका छन् । जेनजीका प्रदर्शनपछि उत्पन्न परिस्थिति सहज बन्दै गएकाले आइतवारदेखि पठनपाठन नियमित हुने भएको हो ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेले शनिवार विज्ञप्ति जारी गर्दै यथासमयमा विद्यालय संचालन गर्न अनुरोध समेत गरेको छ । लामो समय विद्यालय बन्द राख्न विद्यार्थीहरुको शैक्षिक गतिविधिमा ठूलो असर पर्ने भएकाले यसमा अभिभावकहरुलाई पनि सहयोग गरिदिन प्याब्सनले आग्रह गरेको छ ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जेनजीको प्रदर्शनमा भएको ठूलो धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने विद्यार्थीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरिएको छ ।

May be an illustration of ticket stub, blueprint, map and text

  • २८ भाद्र २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech