नेपालगन्ज: जेनजीको प्रदर्शनमा ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका-१ का २३ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय आयुस थापाको शब नेपालगन्ज ल्याइएको छ ।
सुलभको घरमा स्थानीयको ठूलो भीड लागेको छ । सुलभको आजै अत्यष्टी गरिने छ । आयुसको भने भोली अन्त्यष्टी गरिने छ । आयुसको शव भेरी अस्पतालमा लगिएको छ।
२३ गते काठमाडौंमा भएको प्रदर्शनमा उनीहरुको ज्यान गएको हो । आज बुद्धको जहाज चार्टर गरेर शव ल्याइएको हो ।