काठमाडौं : जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । घाइतेहरू चार सयभन्दा बढी छन्।
यसैबिच सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ ।