जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि आज औपचारिक वार्ता हुने

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०८२, बुधबार

 काठमाडौंः जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो ।

नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । तर समयको टुंगो भने लागिसकेको छैन ।

प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए ।

उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् । वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech