नेपालगन्जः उच्च अदालत र जिल्ला अदालत नेपालगन्जमा आगजनीले त्यहाँबाट निस्केको धुवाँको मुस्लोले सँगै रहेको भेरी अस्पताल ढाकिएको छ । जसका कारण बिरामीहरुलाई स्वास्थ्य जोखिम बढ्ने देखिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले अदालतमा भएको आगलागीले बिरामीलाई जोखिममा पारेको बताए । धुवाँको मुस्लोले अस्पताल पुरै छोपिएको छ । आगलागीका कारण तारहरु जलेका छन् ।
विद्युत सेवा प्रभावित भएको छ । आइसीयू, एनआइसीयूमा भर्ना भएका बिरामीलाई के गर्ने भन्नेमा तनाव सिर्जना भएको छ ।