प्रचण्डको निवासमा तोडफोड

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८२, मंगलवार

काठमाडौं: प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।

नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् ।

उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ । ‘प्रदर्शनको प्रभाव गाउँहरुमा समेत परेको छ । गाउँहरुमा र भित्री सडकहरुमा समेत बन्दको अवस्था छ,’ अध्यक्ष कार्कीले भने ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech