नेपालगन्जः जेनजी प्रदर्शनमा नेपालगन्जका थप एक युवाले ज्यान गुमाएका छन् । काठमाडौमा भएको प्रदर्शनमा नेपालगन्ज उपमहानगरपालिका–१ कै १९ वर्षीय आयुष थापाले पनि ज्यान गुमाएका हुन् ।
योसँगै जेनजी आन्दोलनमा नेपालगन्जका एउटै वडाका दुई जना युवाले ज्यान गुमाएका छन् । सोमवारमात्रै २३ वर्षीय सुलभ राज श्रेष्ठले ज्यान गुमाएका थिए ।
एउटै वडाका दुई जना युवकले ज्यान गुमाएपछि वडा पुरै शोकमा डुवेको छ । वडा कार्यालयले आज शोक विदा समेत दिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।