जेनजी प्रदर्शन : ट्रमा सेन्टरले भन्यो-११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्छ

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८२, मंगलवार

काठमाडौंः नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।

अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । ‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ’, डा. रिजालले भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’

सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा. रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिरामी हुनुहुन्छ । चोटपटक लागेका, गोली लागेका बिरामीको शल्यक्रिया दिँउसोभर चल्नेछ ।’

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech