नेपालगन्जः जेनजीको प्रदर्शन देशभर फैलिँदै गएको छ । १९ जनाको ज्यान जाने गरी भएको प्रदर्शन आज झनै व्यापक हुने स्थिति छ । चार सय भन्दा बढी घाइतेहरु अस्पतालको शैयामा छन् । देशैभर आन्दोलनको आगो सल्किएको छ ।
ती घाइतेहरु काठमाडौं, इटहरी, पोखराका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । सोमवार नेपालगन्ज, कोहलपुर लगायतमा पनि जेनजीको प्रदर्शन भएको छ । यद्यपि बाँकेमा भएका प्रदर्शन शान्तिपूर्ण रह्यो ।
बाँकेमा प्रदर्शनका क्रममा घाइते हुने जेनजी उमेर समूहका युवालाई नेपालगन्जस्थित न्युरो जनरल अस्पतालले निः शुल्क उपचार गर्ने घोषणा गरेको छ।
न्युरो अस्पतालले सूचना जारी गर्दै प्रदर्शनमा घाइते हुने जेनजीहरु अस्पतालमा उपचार गराउन आएमा सबै उपचार निःशुल्क गर्ने भएको हो।
जेनजीले सरकारले सामाजिक सन्जालमाथि लगाएको प्रतिवन्ध लगायत भ्रष्टाचार र युवाप्रतिका थुप्रै मागसहित प्रदर्शनमा उत्रिएको हो।