नेपालगन्जः गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।
यसअघि गृहमन्त्री लेखकले आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी कांग्रेस पदाधिकारी बैठकमा गराएका थिए ।