प्यूठानमा भारतबाट फर्केका एक युवामा हैजा सङ्क्रमण

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०८२, शनिबार

प्यूठान: प्यूठानमा एक युवामा शंकास्पद हैजाको संक्रमण भेटिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका २, भैसामरेका स्थानीय ३३ वर्षीया एक युवामा शंकास्पद हैजा देखिएको हो ।

बुधवार भारतको जलन्धरबाट घर फर्किदै गर्दा बाटोमा स्वास्थ्य समस्या देखिएको उनले बताएका छन्। घरमा पुगेर स्वास्थ्यमा सुधार आउनुको सट्टा समस्या बढ्दै गएपछि बिहीबार राती अस्पताल पुर्याइएको आफन्तले जानकारी दिएका छन् ।

बिरामीको लक्षण हैजासँग लक्षण मिल्दोजुल्दो भएकोले अहिले उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

प्यूठान अस्पताल विजुवारमा उपचारका क्रममा आराडिटि परीक्षणमा एनटिजिन पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अझै जीवाणु पुष्टि भईसकेको छैन ।

जीवाणु पुष्टिको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा बिरामीको दिशाको नमुना पठाउने तयारी भैरहेको प्रयोगशाला इन्चार्ज संगम कक्षपतिले जानकारी दिए । दुई दिन अगाडि पनि यस्तै बिरामी उपचारको लागि आएकोमा दिशा परीक्षणको लागि पठाइएकोमा अझै रिपोर्ट आइनसकेको उनले बताए ।

वर्षातको समय स्वास्थ्यको ख्याल गर्न समेत अस्पतालले सुझाएको छ । दुषित खानेपानी, बासी सडेगलेको खानेकुरा लगायतका कारण हैजा तथा पखाला लाग्ने भएकोले यस्ता खानेकुरा प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाएका छन् ।

भारतबाट उनी सँगसँगै आएका अन्य ५ जनामा पनि पखाला लाग्ने लक्षण देखिएको बताइएको छ। तर उनीहरु अहिलेसम्म अस्पतालको सम्पर्कमा आइनसकेको अस्पतालले जनाएको छ ।

  • २१ भाद्र २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech